पोखरा महानगर पालिका वडा नं २३ चापाकोटमा पुष १ देखि ५ गतेसम्म चापाकोट देउराली सामुदायिक होमस्टे संस्कृतिक महोत्सब को आयोजना गरिएको र यसकाे तयारी तिब्र पारिएकाे छ । चापाकोट प्रवर्द्धन समितीको आयोजना तथा चापाकोट देउराली होम स्टेको सहआयोजनामा सम्पन्न गरिने उक्त् महोत्सबमा परम्परागत घैंटो फुटाउने, रत्यौली, पन्चेबाजा, भजन प्रतियोगिता समेत समावेश गरिएको छ ।
राष्ट्रिय लोकदोहोरी कलाकारहरुको समेत प्रस्तुती रहने उक्त कार्यक्रममा लोकल अर्गानिक खाना, स्थानिय कृषि उत्पादनकाे प्रर्दशनी एव विक्री , लाेकल मह , लिङ्गे पिङ्ग लगायत अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमहरु तय गरिएको चापाकोट पर्यटन प्रवर्द्धन समितीका सचिब घनश्याम पराजुलीले बताए । उनले गाउँमा गरिने महाेत्सवस्थललाइ गाउँकै स्थानिय बास , खरकाे प्रयाेगबाट स्टेज निर्माण गरिने, फुलमालाहरुकाे प्रयाेग गरिने बताए।
महोत्सव सम्पन्न गर्न चापाकोट पर्यटन प्रवर्द्धन समितीका अध्यक्ष भिम पराजुलीको संयोजकत्वमा एक समिती गठन गरिएको छ । महोत्सवको कार्यक्रम सञ्चालन वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीले गर्नेछन् ।
महोत्सबलाइ भव्य रुपमा सम्पन्न गर्न अमेरिकाको एटलान्टाबाट सामाजिक तथा व्यवसायिक व्यक्तित्वहरुले नगद १ लाख ४१ हजार सहयोग गरेका छन् । महोत्सवका लागि सहयोग गर्नेहरुमा लोकप्रीय लोक गायक कृष्ण देवकोटा, सिके पराजुली, राम पराजुली, ममता पराजुली, लक्ष्मण पराजुली र गणेश आचार्यले सहयोग गरेको अमेरिकाबाट लोक गायक देवकोटाले जानकारी दिएका छन् ।
पर्यटकिय दृष्टिकोणले प्रचुर सम्भावना रहेको पोखरा २३ चापाकोटको प्रवर्द्धन हुन नसक्दा त्यसको समुचित लाभ स्थानियहरुले भने लिन सकेका छैनन । कृषि र पर्यटन मार्फत चापाकाेटलाइ चिनाउदै स्थानियकाे जीवनस्तर उकास्न महाेत्सवले टेवा पुर्याउने बताइएकाे छ ।