चितवन । चितवनमा नक्कली नोट सहित एक जनालाई पक्राउ परेका छन् । नगद रु तीन लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित इलाका प्रहरी कार्यालय भण्डाराले मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीया जीतबहादुर लोप्चनलाई पक्राउ गरेको हो ।
राप्ती नगरपालिका वर्डा नम्बर ५ भण्डारा बजारमा सामान किन्ने क्रम्मा नक्कली पैसा दिई मानिस फरार रहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले नक्कली जस्तो देखिने एक हजार रुपैयाँको १२ थान जाली नोट सहित लोप्चनलाई पक्राउ गरेको हो। उनलाई राप्ती नगरपालिकाको वर्डा नम्बर ५ स्थित चौकीडाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लोप्चनमाथि थप अनुसन्धान गर्ने क्रम्मा उनले भण्डारामा रहेको युनिक होटललाई खाजा खाए बापत एक हजार रुपैयाँ र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किने बापत ६ हजार रुपैयाँ दिएको बताएपछि उक्त रकम समेत प्रहरीले बरामद गरेको छ ।
सोही क्रम्मा उनले घरमा समेत केही जाली नोट लुकाइराखेको अबस्थामा निजको घर मकवानपुर राक्सिराङ गाउँपालिका ८ स्थित हलिजेमा खानतलासी गर्ने क्रम्मा मकैको खलियामा प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा एक हजार रुपैयाँ दरको तीन लाख दुई हजार रुपैयाँँ समेत बरामद गरिएको छ ।
साथै, पक्राउ परेका लोप्चनमाथि थप अनुसन्धान गर्दै जाँदा गत, कार्तिक २ गते ४० केजी गाँजा बेचे बापत सो, रकम मकवानपुर राक्सिराङ गाउँपालिका ५ मन्दनीडाँडा बस्ने नाम, थर वतन खुल्न नसक्ने एक ब्यक्तिले सम्पर्क ल्याइ दिएको भनी अनुसन्धानका क्रम्मा बयान दिइएको बताइएको छ ।