विवाह दर्तामा सहजीकरण गरेवापत तीन हजार रुपैयाँ घूस लिने वडासचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ को कार्यालयका वडा सचिव नासु मोहम्मद सिद्धिकलाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।सिद्धिकले विवाह दर्तामा सहजीकरण गरेवापत सेवाग्राहीसँग घूस लिएका थिए ।
आयोगको कार्यालय बुटवलबाट गएको टोलीले तीन हजार रुपैयाँ लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो । आयोगले त्यसमा थप अनुसन्धान अनुसन्धान गर्ने जनाएको छ ।