चितवन। पुर्व प्रधानमन्त्री डा. बाबुराम भटराई र हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टिका संघिय परिसद अध्यक्ष डा. भट्टराई र नेत्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको भट्टराईले ट्विट मार्फत जानकारी गराएका छन्। उनले भनेका छन्, “हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!”
भट्टराई दम्पतीको कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। अहिले उनको स्वास्थ्य स्थिति र लक्षणका बारेमा बताएका छैनन्। उनीहरु चिकित्सकहरूको सल्लाह बमोजिम होम आइसोलेसनमा छन् ।