अमेरिकामा एक दम्पतिले आफ्नो दोस्रो सन्तानको जन्म टेस्लाको फ्रन्ट सिटमा भएको खुलासा गरेका छन् । भारी ट्राफिक रहेका बेला गाडीलाई अटोपाइलटमा राखि ३३ वर्षीया यिरान शेरीले टेस्लाभित्रै बच्चालाई जन्म दिएको बताइन् ।
त्यसबेला शेरी आफ्नो पतिसँगै यात्रा गरिरहेकी थिइन् र बीचबाटोमै त्यस्तो भएको हो । उनका पति भन्छन्, “अवस्था धेरै कठिन भएपछि उनले मेरो हात बेस्सरी समाति रहेकी थिइन् । त्यसैले गाडी अटोपाइलटमा राखेर हामीले आफैँ चल्न छाड्दै म उनलाई मद्दत गरिरहेको थिएँ ।”
टेस्ला गाडीको यो विशेष फिचरमा सेन्सर र क्यामराहरु मार्फत गाडी आफैँ चल्न सक्छ ।
उनका अनुसार पत्नीको अवस्थाले उनी पनि आत्तिएका थिए र उनीहरुसँगै रहेकी अर्की सानी छोरी पनि डराएको अवस्थामा थिइन् ।
यसरी अटोपाइलट मोड बाटै उनीहरु अस्पालमा पुगे तर गाडीको ढोकामै उनले छोरी जन्माइसकेकी थिइन् । यसरी बच्चाको गर्भनाल समेत टेस्ला गाडीको फ्रन्ट सिटमै काटेको उनीहरुले बताए ।
यसपछि अस्पताल लैँजादा सबै स्टाफहरुले सो शिशुलाई ‘टेस्ला बेबी’ भनेर बोलाउन थालेको उनीहरु बताउँछन् ।
शेरी भन्छिन्, “डाक्टरहरुले बच्चा स्वस्थ भएको बताएपछि हामी ढुक्क भयौँ ।”
उनीहरुले बच्चाको वास्तविक नाम ‘टेस्ला’ नराखेपनि बीचको नाम जन्मस्थलको सम्मानमा ‘टेस ’ राख्ने विचार गरेका थिए ।
My wife courageously delivered our baby girl, Maeve, in the front seat of our @Tesla model 3 en route to the hospital – here’s the story @PhillyInquirer ! @elonmusk @Tesla thx for the autopilot ?? #tesbaby https://t.co/JPMfh7AyhN
— Keating Sherry (@KeatingSherry) December 16, 2021