देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात
भैरहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको छ भने उपत्यकाभर पानी परिरहेको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र
हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम ३ दशमलव रहेको छ भने अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । चितवनमा पनि हिजो देखि घाम लागेको थिएन भने रातिको समयमा पानी पनि परेको छ। आज बुधबार बिहान देखि मौसम चिसो नै रहेको छ।

चन्द्रागिरी स्थित भालेश्वोर महादेवको मन्दिरमा हिउँ

