मङ्सिर २८ गते सर्लाहीको लालबन्दीमा ७८ वर्षीय वृद्ध सिता माया बस्नेतलाई ठक्कर दिएर सख्त घाइते बनाउने फरार अभियुक्त पक्राउ परेका छन्। सर्लाही बरथ्वाहा स्थायी ठेगाना भएका ४२ वर्षीय रामबाबु महत्तोलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय लालबन्दी ल्याइएको कार्यालय प्रमुख निर्मल थापाले चित्रवन खबरलाई जानकारी दिनुभएको छ।
गत महिना मङ्सिर २८ गते नवलपुर बजारबाट महेन्द्र राजमार्गको जिल्ला ट्राफिक कार्यालय भन्दा २०० मिटर पुर्वतिर बिहान ११:४० बजेको समयमा ठक्कर दिएर सख्त घाइते भएपछी निजलाई चितवन स्थित चितवन मेडिकल कलेजको आकस्मिक उपचार कक्षमा १ दिन र सघन उपचार कक्षका लागि कलेज अफ मेडिकल साइन्सेजमा थप ९ दिन उपचार गरेर डिस्चार्ज गरिएको घाइतेका आफन्त रोशन बस्नेतले जानकारी दिएका छन्। हालसम्म पनि अचेत अवस्थामा रहनुभएकी वृद्धलाई नाकबाट मात्र खान मिल्ने भएपछी झोलिलो पदार्थ मात्र ख्वाइरहेको बस्नेतले जानकारी दिएका छन्। दिसापिसाब पनि पाइपको माध्यमबाट फाल्न पर्ने हुनाले बिरामीलाई कठिन भएको परिवारले जनाएको छ।
१० दिन सम्म अस्पतालको आइसीयुमा उपाचार गरेपछि अचेत अवस्थाबाट अर्धचेत अवस्थामा घाइतेलाई डाक्टरको सल्लाहमा डिस्चार्ज गरिएको परिवार श्रोत बताउँछ।
प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिने मोटरसाइकलको नम्बर प्लेट नभएको हुनाले अनुसन्धानमा केहि कठिनाई भएतापनि निरन्तरको प्रयास पछि दोषी पत्ता लागेकोमा खुसि व्यक्त गरेका छन्। घटनाको १६ औं दिनमा पत्ता लागेको दोषीलाई सवारी ऐन अनुसार कारवाही प्रक्रिया पनि अगाडी बढाइएको थापाले हामीलाई जानकारी दिएका छन्।

फरार अभियुक्त
प्रहरीको अथक प्रयासले दोषी उम्कन नपाएको प्रति लालबन्दीबासीहरुले प्रहरी प्रशासन संग सुरक्षित महशुस गरेको नेपाली कांग्रेस लालबन्दी नगरका सभापति प्रशान्त आचार्यले हामीलाई जानकारी दिनुभएको छ।
सभापति आचार्यले प्रहरी निरीक्षक निर्मल थापालाई दोषी पत्ता लगाएकोमा बधाई दिँदै आगामी दिनहरुमा लालबन्दी नगरमा शान्ति सु-व्यवस्था कायम गर्न निरन्तर लागि पर्नेमा विश्वास लिएको पनि बताउनु भएको छ।
घटनाका फरार अभियुक्त पत्ता लगाउन सहयोग गर्नुहुने नवलपुर लालबन्दी बासी लगायत सम्पूर्ण अग्रज व्यक्तित्व एवम् प्रहरी निरीक्षक निर्मल थापा सहितको सम्पूर्ण टिमलाई परिवारको तर्फबाट हार्दीक धन्यवाद व्यक्त गर्न चाहेको पिडित परिवारले जनाएको छ।

घटनास्थलमा अभियुक्तको सिसिटिभी फोटो
यो पनि पढ्नुहोस।
https://chitrawankhabar.com/7145/?fbclid=IwAR2eE9Bjncud4bePHQSamdsIGssZaFIp0lDDeoSY9mgIaJDzgp_jIn343tk