निराज रानाभाट , चितवन : लक्की मिडिया हाउस चितवनको आयोजनामा एनप्लस प्रोफेसनल ` लक्की साँगीतिक साँझ एवम् सम्मान कार्यक्रम – २०७८ ´ सम्पन्न भएको छ । सम्मान कार्यक्रममा ४ विधाका ५ व्यक्तिहरु सम्मानित भएका छन् । चितवन जिल्लाको भरतपुरमा भएको कार्यक्रममा उनीहरुको काम र भूमिकालाई उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको हो ।
सम्मानित हुनेहरुमा चिकित्सा विधातर्फ भरतपुर अस्पतालका प्रसूति विभागका प्रमुख वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलमणी पोखरेल , समाजसेवी विधामा मोहन माध्यमिक विद्यालयका सञ्चालक समितिका अध्यक्ष रवि शमशेर थापा , शिक्षाकर्मी विधाबाट प्रेरणा आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य तेजप्रसाद चुडाल रहेका छन् भने व्यवसायी विधाबाट युवा उद्यमी प्रभु हाउजिङ्ग एण्ड प्रोपटी डिलर्सका अध्यक्ष केशव कार्की र केन्द्रदीप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् युवा उद्यमी लोकेन्द्र अधिकारी सम्मानित भएका हुन् । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि , विशिष्ट अतिथि तथा अतिथिहरुले दौसल्ला र सम्मान – पत्र सहित सम्मानित गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिमा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेस चितवनका पूर्व सभापति रामकृष्ण घिमिरे , विशिष्ट अतिथिमा नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक आनन्द कार्की , अतिथिमा लक्की मिडिया हाउसका निर्देशक एवम् कार्यक्रम संयोजक हेमन्त के.सी ` हरि ´ र नेपाली कांग्रेस चितवनका नेता विजयराज शर्मा भुषाल रहेका थिए ।
सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महा – प्रबन्धक हरि कार्की `लक्की ´ कोरोना कहर पछिको यो मिडिया हाउसको पहिलो साँगीतिक कार्यक्रम भएको र आम श्रोता , दर्शक , विज्ञापनदाता र शुभेच्छुकको प्रेरणाले नै आफूले साँगीतिक तथा सम्मान कार्यक्रम गर्न सफल भएको बताए । मोफसलमा यस्ता रचनात्मक तथा प्रर्वद्धनात्मक कार्यक्रम गर्न चुनौति रहेको भन्दै कार्कीले आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । समाजमा लुकेका हस्ती तथा हस्तीहरुलाई सम्मान गर्नुपर्ने दायित्व मिडिया हाउसको पनि रहेकोले मिडिया हाउसले त्यस्ता व्यक्तित्वलाई सम्मान गरि हौसला प्रेरणा र उर्जा दिएको उनको भनाइ छ ।
साँगीतिक कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्कीले आधुनिक , लोक तथा नेपाली चलचित्रका गीतहरुद्धारा आफ्नो एकल प्रस्तुति दिएका थिए ।