चितवन, पुस २६ पश्चिम चितवन पत्रकार मञ्च गठन गरिएको छ । आज भरतपुरमा भएको पश्चिम चितवनका पत्रकारहरुको भेलाले हेमराज रिमालको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो । प्रेस चौतारी नेपाल चितवन शाखाका सचिव मुकुन्द भूषालको प्रमुख आतिथ्यतामा भएको भेलाले कमिटीको उपाध्यक्षमा प्रतिमा कुमाल, सचिवमा हिरालाल आचार्य (डायमण्ड), सहसचिवमा समिर चापागाईं, कोषाध्यक्षमा सुनिल पौडेल चयन गरेको छ ।
कमिटीको सदस्यहरुमा ऋषिराम रेग्मी, प्रकाश लामिछाने, हरिहर भूषाल, सिसम महतो, लोकनाथ भूषाल, माधुरी बराल रहेका छन् । प्रमुख अतिथि भूषालले पश्चिम चितवनको समग्र विकास, यस क्षेत्रको समाचार प्रकाशनका लागि यस क्षेत्रका पत्रकार एकिकृत भएर लाग्नु धेरै राम्रो काम भएको बताए ।
भेलाले मञ्चको सल्लाहकार समितिमा रामशरण गैह्रे, छबिलाल न्यौपाने, किशोर खनाल, प्रदिप घिमिरे, अपिल घिमिरे र मुकुन्द भूषाललाई चयन गरेको अध्यक्ष हेमराज रिमालले जानकारी दिए । रिमालले पश्चिम चितवनमा थुप्रै पत्रकार भए पनि यस क्षेत्रका समाचारहरु मिडियामा कम आउने गरेको बताउँदै पश्चिम चितवनका विषयवस्तुलाई समेट्न यो मञ्च गठन गरिएको बताए । यो भूगोलका आधारमा मञ्च गठन गरिएको बताउँदै उनले पश्चिम चितवनमा स्थायी बसोबास गरी पत्रकारिता गर्ने सम्पूर्णलाई यो मञ्चमा आउन आह्वान गरेका छन् ।

आगामी बैठक माघमा बस्ने र पश्चिम चितवनका सबै पत्रकारलाई समेटेर मञ्चलाई अगाडि बढाउने निर्णय गरिएको सचिव हिरालाल आचार्य (डायमण्ड) ले जानकारी दिए ।

