स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार आज चितवनमा २४६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। पिसिआर र एन्टीजेन गरि ८६६ जनामा परिक्षण गरिएकोमा उक्त संक्रमित हुने बढेका हुन्।
हालसम्म चितवनमा ११२७ जना आइसोलेसनमा रहेका छन् भने ४० जनाले विभिन्न अस्पताल वा आइसोलेसन सेन्टरमा बसेका छन्। ति मध्ये १०८७ जना घरमा गुप्तबास बसेको तथ्यांक कार्यालयले दिएको छ।
आजका दिनसम्म चितवनमा १५१७९ पुरुष र १३१८३ महिला गरि जम्मा २८३७६ जना कोरोना संक्रमण भएका थिए भने सबैभन्दा धेरै २०३९७ जना भरतपुर महानगरपालिका अन्तर्गतका मानिसहरु थिए। सबैभन्दा थोरै भने इक्षाकामना गाउँपालिकामा २८२ जना संक्रमित भएका थिए। यसैगरी चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ४३७ पुगेको छ।