धनुषामा लुटेराको आक्रमणमा परी प्रहरी साहयक निरीक्षक (असई) घाइते भएको छ । लुटेराले आक्रमण गर्दा बटेश्वरी प्रहरी चौकीमा कार्यरत असई मनोज पोखरेलको टाउकोमा चोट लागेको छ । को प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ ।
पोखरेलसहित गस्तीमा खटिएका प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको हो । गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।
प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको छ भने घाइते पोखरेलको उपचार जारी छ ।