चितवनमा आज कोरोनाबाट संक्रमित हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। निरन्तर रुपमा बढ्दै गएको कोरोना संक्रमणले गर्दा स्वास्थ्य प्रणालीमा पनि जोखिम पुर्याएको सरोकारवालाहरु बताउँछन्।
पिसिआर र एन्टीजेन गरि ८९४ जनाको परिक्षण गरिएकोमा ३२२ जना संक्रमित थपिएका हुन्। संक्रमित हुनेमा सबैभन्दा धेरै २६३ जना भरतपुर महानगरपालिका अन्तर्गत छन् भने कालिका नगरपालिका अन्तर्गत २ जना रहेका छन्।