इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता भएको छ।
यो वर्षको अक्सनका लागि कूल १२ सय १४ खेलाडीको नाम दर्ता भएकोमा १५ जना नेपाली रहेको शनिबार बिसिसिआईले जनाएको छ।
अक्सनका लागि खेलाडी दर्ता गर्ने समय जनवरी २० अर्थात बिहीबारसम्म थियो। ८९६ भारतीय र ३१८ जना विदेशी खेलाडी अक्सनका लागि दर्ता भएका छन्। अक्सनका लागि दर्ता हुने विदेशी खेलाडीमा सबैभन्दा धेरै अस्ट्रेलियाका ५९, दक्षिण अफ्रिकाका ४८, श्रीलंकाका ३६, इंग्ल्याण्डका ३० तथा न्यूजिल्याण्डका २९ जना रहेका छन्।
खेलाडीको अक्सन आउँदो फेब्रुअरी १२ र १३ मा बैंग्लुरुमा हुनेछ। त्यसबाट १० टिमले आफ्ना लागि खेलाडी छनोट गर्नेछन्। आईपीएलका हरेक टिमले बढीमा २५ खेलाडी राख्न पाउने व्यवस्था छ।