राइडिङ कम्पनी पठाओले राइडरले अफलाइन राइड गरेकाले अपहरण हुनु परेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै पठाओले शनिबार पठाओ राइडर प्रवीन राईले अफलाइन राइड गरेको जनाएको छ । राइडरलाई शनिबार राति काटेश्वरबाट अफलाइन राइड गरेर एक युवाले धापाखेल पुर्याएका थिए ।
सोही समयमा राइडरको मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर मोटरसाइकलसहित राइडरको ८ हजार रुपैयाँ लुटपाट गरिएको थियो । सुमन तामाङ पठाओमा धापाखेल गएको र मिनराज राईले लुटपाट गर्न सहभागी भएको खुलेको छ ।
पठाओकी प्रवक्ता सुरक्षा हमालले अनलाइन राइड लिएको कुनै पनि विवरण नदेखिएको बताइकी छन् । ‘‘अफलाइन बार्गेनिङ गरेर राइड गरेको देखिन्छ । पठाओ एपका कुनै पनि विवरण नभएको बताएकी छन्।

