केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्ने भएको छ । राष्ट्रिय योजना आयोगको कार्यालयमार्फत बिहान सवा १० बजे भर्चुअल पत्रकार सम्मेलन गरी प्रारम्भिक नजिता सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
विभागका अनुसार गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको संख्या सार्वजनिक गरिने छ ।
आगामीे ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार नेपालको जनसंख्या ३ करोड ननाघ्ने प्रारम्भिक नतिजामा देखिएको छ ।
जनगणनाको स्थलगत कार्य भदौ ३० देखि असोज १८ गते सम्म र कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।