रक्तदान जीवनदान भन्ने मूल नाराका साथ चितवन जिल्ला फुटबल संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिंग प्रा लि को संयुक्त आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ।
माघ २२ गते शनिवार भरतपुर ७ स्थित वि पी कोइराला मेमोरियल क्यान्सर गेट नं १ मा बिहान ८ बजे आयोजना हुने भएको छ। चितवनमा रगतको माग अत्याधिक भएतापनि आपूर्तिमा भने नेपाल रेडक्रस भरतपुर शाखा र क्यान्सर शाखाले माग अनुसार पुर्याउन सकिरहेको छैन।
रेडक्रसमा जाँदा पनि मान्छे लेराउनुपर्ने बाध्यता रहेको बिरामीहरु बताउँछन्। देशका विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आउने बिरामीहरु रगत अभावका कारण समस्यामा पर्ने गरेका छन्। सामाजिक संस्था लायन्स क्लब, लियो क्लब तथा अन्य जेसिज जस्ता संस्थाहरुले बेला बेलामा गर्ने रक्तदानले ठुलो सहयोग पुगेको पनि सरोकारवालाहरु बताउँछन्।

