चर्चित प्रखर वक्ता र`मेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेकाे जनाएको छ ।
उनीहरुले धरानमा बिहे गर्ने बुझिएको छ । दृष्टिविहीन भए पनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । मिठो स्वरका धनी प्रसाईं सँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टि विहीन नै हुन् । आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश विगत डेढ बर्ष देखी नन्दासँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।।
यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए । जानकारी अनुसार रमेश धरानबाट काठमाडौं बस्ने गरी आइसकेपछि उनीहरुको प्रेम थप गाढा भएको हो ।।
नन्दा र रमेशबीच ३ वर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ वर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ वर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । अहिले सामाजिक सञ्जालमा उनीहरुको बिहेको निमन्त्रणा कार्ड समेत भाइरल भएको छ ।।
उनीहरुलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना आइरहेका छन् । आफूहरुको बिहेको विषयमा रमेश र नन्दाले भने सामाजिक सञ्जालमा कुनैपनि प्रतिक्रिया दिएका छैनन् । नन्दा पनि एक समाजसेवी हुन् । विगत केही वर्षदेखि उनी काठमाडौंको चाबहिलमा बाल आश्रम सञ्चालन गरिरहेकी छिन् । नन्दाले १० जना अनाथ बालबालिकालाई आश्रय दिएकी छिन् ।।