सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ७ लामसरा निवासी ४० वर्षीया रामकली कामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बिहीबार बिहान आफ्नै घरको भान्सा कोठामा बसि रहेको अवस्थामा चट्याङ पर्दा कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहानमात्र चट्याङ लागेर मृत्यु भएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय देवस्थल सल्यानका हवल्दार प्रेम केसीले जानकारी दिए।