चन्द्रागिरिमा हिउँ खेल्न गएका बालबालिकासहित पाँचजनाको मध्येराति उद्धार गरिएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेको नेतृत्वमा र विपद् टोली गरी ३७ जनाको टोलीले उनीहरुको राति १ बजे उद्धार गरेको हो ।
चन्द्रागिरि नगरपालिका ६ का एकै परिवारभित्रका पाँच जना महिला तथा बालबालिका हराएको भनी परिवारले राति ८ बजे प्रहरीले खबर गरेका थिए । त्यसपछि प्रहरीले पाँचघण्टा खोजी गरेपछि उनीहरुको उद्धार गरेको थियो ।
हराईरहेकाहरुमा वर्ष २३ कि रिता गुरुङ, १५ वर्षकी सौभाग्य गुरुङ, १३ को सहज गुरुङ, ११ की जेनिसा गुरुङ र ७ वर्षको एरविन गुरुङ रहेका छन् । उनीहरुलाई राति ३ बजे परिवारको जिम्मा लगाइएको थियो ।