चितवनको कृष्णपुर ७ मा अवस्थित केन्द्रिय स्तरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले चिकित्सक र नर्सको बढुवा तालिका सार्वजनिक गरेको छ। अस्पतालले साउन १ गते प्रकाशन गरेको सार्वजनिक बढुवाको सुचनाको आधारमा कार्यक्षमताको आधारमा बढुवा पदपूर्ति गरेको सुचनामा उल्लेख गरिएको छ। अस्पतालका प्रशासकीय अधिकृत गृहि नारायण महत्तोद्वारा जारि उक्त तालिकामा अस्पतालको कर्मचारी प्रशासन नियमावली २०६६ (दोस्रो संशोधन २०७५) को नियम ४७ र ४८ को प्रयोजनका निम्ति सूचना प्रकाशन गरिएको पनि जनाइएको छ।
अस्पतालका १३ चिकित्सकसहित १५ जनाको बढुवा भएको हो। अस्पतालका पाँच जना चिकित्सक १२ औं तहमा बढुवा भएका छन्। १२ औं तहमा बढुवा हुनेमा डा विजयचन्द्र आचार्य, डा कृष्णसागर शर्मा, डा सुरेश श्रेष्ठ, डा अनिलविक्रम कार्की र डा जया श्रेष्ठ छन्।
यस्तै, जुनियर कन्सल्ट्यान्ट अधिकृतरदशौं तह सर्जिकल अंकोलोजी (इएनटी हेड एण्ड नेक सर्जरी) मा डा अमर श्रेष्ठ र डा सदिक्षा अधिकारीको बढुवा भएको छ। जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं तहमा डा गुरुशरण शाहको बढुवा भएको छ। जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं प्याथालोजीमा डा ग्रेता पाण्डे बढुवा भएकी छिन्।
जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं एनेस्थेसियोलोजीमा डा योगेश रेग्मी, जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं मेडिकल अंकोलोजी (पेडियाट्रिक मेडिसिन)मा डा निभा तिवारी र जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं सर्जिकल अंकोलोजी (स्तन सर्जरी)मा डा दिपक सिंह मौनी बढुवा भएका छन्।
यसैगरी, जुनियर कन्सल्ट्यान्ट अधिकृतरदशौं तह रेडियो डाइग्नोष्टिक एण्ड इमेजिङमा डा नितु शर्मा बढुवा भएकी छन्। यस्तै, सहायक प्रमुख मेडिकल फिजिसिस्ट नवौं तहमा सुरेन्द्रबहादुर चन्द र वरिष्ठ सिस्टर ८औं तहमा दुर्खा खनाल वढुवा भएकी छिन्।
उक्त बढुवामा चिकित्सक र नर्सहरुको बढुवाका बारेमा जानकारी गराइएपनि अन्य कर्मचारीहरुको विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन।