रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले फोन वार्ता गर्ने भएका छन् । रुस र युक्रेनको द्वन्द उत्कर्षमा पुगेकावेला हुनलागेको वार्तालाई महत्वपुर्ण रुपमा लिइएको छ ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह हो । यसै बीच, ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम बनाएको छ ।
अमेरिकाले युक्रेनमा रहेका सबै अमेरिकीहरूलाई आगामी २४ देखि ४८ घण्टाभित्र युक्रेन छाड्न आह्वान गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।