चीनको परिवार नियोजन संघले अविवाहित मानिस र वयस्कका कारण हुने भ्रुण हत्या नियन्त्रण गर्ने भएको छ । अनिच्छुक र अप्रत्यासित गर्भाधारण रोकेर राष्ट्रिय उर्वरता र सार्वजनिक स्वास्थ्य रक्षा गर्ने उदेश्यले सरकारले पछिल्लो कदम चालेको हो ।
चिनियाँ सञ्चार माध्यमका अनुसार अनुसार पछिल्लो पहल अविवाहित जोडीबीच हुने असुरक्षित गर्भधारणलाई रोकथाम गर्ने परिवार नियोजन संंघको लक्ष्यसँग मेल खाने बताईएको छ । चीनको यो योजनालाई लिएर सामाजिक सञ्जाल बहस र विरोध बढेको छ ।
सरकारले ल्याएको पछिल्लो योजनामा चिनियाँ परिवारहरुलाई एक भन्दाबढी सन्तान जन्माउन आह्वान गरिएको छ । जन्म दरमा कमी र बढ्दो वृद्ध जनसंख्याका कारण सरकारले दम्पत्तिलाई सन्तान जन्माउन उत्प्रेरणा दिँदै आएको छ ।