काठमाडौं। सरकारले इन्टरनेट सेवा शुल्क घटाउने घोषणा गरेको छ। इन्टरनेट सेवालाई सर्वसुलभ रूपमा उपलब्ध गराउन सरकारले इन्टरनेट सेवा शुल्क घटाउने घोषणा गरेको हो ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा इन्टरनेट सेवा शुल्क घटाउने बताएका हुन्।
यस्तै दूरसञ्चार सेवालाई गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने कार्यक्रम समेत सरकारले सार्वजनिक गरेको छ । काठमाडौं, धरान र देशका अन्य क्षेत्रमा डेटा सेन्टरको स्थापना गरिने भएको छ ।
यस्तै, सरकारले अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ । यसअघि यो विज्ञापन पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई मात्र दिइँदै आइएको थियो । सञ्चार मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

