बोस्टन इन्टरनेशनल कलेजले “बोस्टन फियस्टा” कार्यक्रम गर्ने भएको छ । स्नातक र स्नातकोत्तरका विद्यार्थीले असार ३० र ३१ गते बोस्टन फियस्टा कार्यक्रम गर्न लागेका हुन् ।
विद्यार्थीहरुलाई व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने तथा विद्यार्थी तथा कला प्रर्दशन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आज(बुधवार) कलेजले कार्यक्रमको आयोजना गरि जानकारी दिएको छ । बोस्टन कलेज परिसरमै दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थी तथा व्यवसायीका १५ वटा स्टल समेत राखिने छ ।आठ वटा स्टल विद्यार्थीकै हुनेछन् । ट्राफिक सचेतनाका तीन स्टल सहित परम्परागत खेलकुद र खानपानका समेत स्टल रहेनछन् । सांस्कृतिक भेष भुष झल्कने पोसाकमा विद्यार्थीहरु सजिनेछन् ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु गायिका रचना रिमाललगायतका कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक सुभास आर्यालले जानकारी दिए । ब्यान्ड, स्ट्यान्डअप कमेडी र डिजेको मनोरञ्जन र सांगीतिक प्रस्तुति रहनेछ । कार्यक्रमको पहिलो दिने कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थी र परीक्षा दिएर बसेका विद्यार्थीहरुको नृत्य प्रतियोगिताका साथै विभिन्न विद्यार्थीले आफ्नो गायन कला प्रस्तुत गर्नेछन् ।
सुरज शाक्य र अभिषेक बरियाद्धारा व्यक्तित्व विकास कार्यक्रमको आयोजना गरिने अर्यालले जानकारी दिए । उनका अनुसार बोष्टन कलेजले २०१८ र २०१९मा पनि बोस्टन फियस्टाको कार्यक्रम गरेको थियो । कोरोनापछि रोकिएको कार्यक्रम पुनः गरिएको आयोजकले जानकारी दिएको छ ।

