महागरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएपछि राजधानीको भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले करबापत १७ लाखभन्दा बढी रुपैयाँ बुझाएको छ।
काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई बिहीबार १७ लाख ३६ हजार रुपैयाँ कर बुझाएको छ।
अधिकारीका अनुसार मनोरन्जन करवापत फनपार्कले उक्त रकम बुझाएको हो। फनपार्कले साउनसम्मको कर तिरेको जानकारी अधिकारीले दिए। यसअघि महानगरले २४ घन्टाभित्र सबै कर तिर्न फनपार्कलाई निर्देशन दिँदै नत्र बन्द गर्ने चेतावनी दिएको थियो।

