एसियाकपबाट बाहिरिसकेको भारतले सुपर चारको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई १०१ रनले पराजित गरेको छ। भारतको प्रभावसालि जितमा विराट कोहलीले सानदार शतक पुरा गरे। उनले टी-२० अन्तराष्ट्रिय करिअरमा १२ वर्षपछि पहिलो शतक प्रहार गरेका हुन्।
कोहलीले समग्रमा ७१ औँ अन्तर्राष्ट्रिय शतक प्रहार गर्दा ३ वर्ष (१०२० दिन) पछि कोहलीको ब्याटबाट शतक निस्किएको हो। कोहलीले टी-२० अन्तराष्ट्रियमा १२ जून २०१० मा जिमबाब्वेविरुद्वको खेलमा डेब्यु गरेका थिए।
विराटले आफ्नो इनिङमा ६१ बलमा १२ चौका र ६ छक्काको सहयोगमा १ सय २२ रनको अविजित इनिङ खेल्दा केएल राहुलले ६२ रन बनाएका थिए।
त्यस्तै ऋषभ पन्त २० रनमा अविजित रहँदा भारतकले २ सय १२ रनको विशाल स्कोर तयार गरेको थियो। वाफमा अफगानिस्तान ८ विकेट गुमाएर १ सय ११ रनमा समेटिएको थियो।

