इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको निरासाजनक यात्रा जारी छ। शनिबार लिभरपुल ब्राइटनविरुद्ध ३-३ गोलको बराबरी खेल्न बाध्य हुँदा उसले प्रिमियर लिगमा आफ्नो सातौँ खेलमा चौँथो बराबरीको नतिजा भोग्न बाध्य भयो।
लिभरपुलविरुद्ध ब्राइटनका लागि लेन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरेका थिए। लिभरपुलका लागि भने रोबर्टो फिरमिनोले २ गोल गर्दा ब्राइटनका वेबस्टरले एक गोल आत्माघाति गोल गरेका थिए। ब्राइटनले १७ मिनेटमानै २-० को अग्रता बनाएको थियो। तर सानदार पुनरागमन गर्दे ३-२ को अवस्थामा ल्याएको थियो। तर अन्तिम समयमा लेन्ड्रोले ह्याट्रिक गर्दा लिभरपुल अंक बाँड्न बाध्य भएको थियो।
प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले भने अन्तिम समयमा सनसनिपुर्ण जित निकाल्यो। आफ्नो सातौ खेलमा चेल्सीले क्रिश्टल प्यालेसलाई २-१ ले पराजित गर्दा महत्वपुर्ण जित हासिल गरेको हो। चेल्सीको जितमा कोनर गलाघेरले अन्तिम मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।
त्यसअघि खेलमा अग्रता भने क्रिश्टल प्यालेसले इडौआर्डको गोलमार्फत ७ औँ मिनेटमा अग्रता बनाएको थियो। तर पहिलो हाफमानै औबमेयाङले ३८ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ गोलको बराबरी ल्याएका थिए। तर अन्तिम समयमा चेल्सीले निर्णायक अंक हात पार्योए।
प्रिमियर लिगकै अन्य खेलमा न्युक्यासलले फुलह्यामलाई ४-१ ले पराजित गर्दा एभर्टनले साउथहेम्टनलाई २-१ ले पराजित गर्योा। त्यस्तै वेस्टह्यामले वल्भेसलाई २-० ले पराजित गर्दा ब्रेन्ट फोर्ड र बर्नेमाउथले भने गोलरहित बराबरी खेलेका थिए।
Turn and finish! 👏#CryChe pic.twitter.com/Qx5PR3Gi2Z
— Chelsea FC (@ChelseaFC) October 1, 2022

