भरतपुर । पश्चिम चितवनको भरतपुर–२६, मिलनचोकमा सम्पन्न भरतपुर महानगर कप खुल्ला भलिबल नक–आउट भलिबल प्रतियोगिताको उपाधि भरतपुर–१९ले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा भरतपुर–१ निमा मेमोरियल क्लब लाई २–१ को सेटमा हराएर भरतपुर–१९ प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।
पहिलो सेट २५–२२ ले जितेको निमा मेमोरीयल क्लब दोश्रो सेट २२–२५ मा हार्यो। यसैगरी तेस्रो सेटमा २५–२१ ले जित्दै भरतपुर–१९ उपाधिको ट्रफि उचालेको हो ।
एक समारोहबीच बिजेता टिम र खेलाडीलाई ट्रफी र पुरस्कार वितरण गरिएको थियो । भरतपुर–१९ले ट्रफिसहित नगद १ लाख पुरस्कार पाएको छ । यसैगरी उपविजेता भएको निमा मेमोरियल क्लबले रू ५० हजार र ट्रफिमा चित्त बुझाउनु परेको छ ।
भरतपुर–१८ मिलन क्लब र भरतपुर –२६ मिलन बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा आयोजित बुधबारदेखि सुरू भएको माहानगरस्तरीय पुरूष भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
भरतपुर माहानगरका जिल्लाका टिमहरुले सहभागिता रहेको थियो । आयोजित भलिबल प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह सत्र भरतपुर–१८ का वडा अध्यक्ष बाबुराम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

