भरतपुर अस्पताल विकास समितिका अध्यक्ष तथा भरतपुर कोभिड अस्पतालका संयोजक डा भोजराज अधिकारीले दोस्रो लहरको कोरोना पहिला भन्दा फरक रहेको जानकारी दिएका छन्।
सामाजिक संजाल फेसबुकमा लेख्दै डा अधिकारीले सबै सतर्क हुन र अनावश्यक रुपमा घर बाहिर ननिस्कन पनि अनुरोध गरे।
१. अघिल्लो बर्ष ११० जना कोभिड भएर भर्ना हुँदा करिब २० जनालाइ अक्सिजन लगाउन परेको मा अहिले ११० मा सत प्रतिशत जस्तै मा अक्सिजन जरुरी।।
२. गत बर्ष उमेर बढी र दीर्घरोगी मा देखियेको मा अहिले सबै उमेर समूह प्रभावित
३. गत बर्ष भन्दा अहिले सन्चो हुनेहरु मा पनि अस्पताल बसाइ लामो भएर फोक्सो मा दिर्घ क्ष्यति हुने संकेत!
४. पहिलो Covid wave मा Mild, Moderate र Severe वर्गीकरण गरेर उपचार गरिएको मा अहिले एउटै बिरामी ४८ घन्टामा mild बाट moderate अनि severe भएर होम आइसोलेसन हुँदै HDU र ICU मा सर्नुपरेको गम्भिरता।
५ अघिल्लो बर्ष गुर्जोपानी देखि मनोबल र योगाभ्यास र isolation centre निर्माण भनियेको मा अहिले critical care सेवा दिने अस्पताल र जनशक्तिको बढी खाँचो।
६ अघिल्लो बर्ष ventilator को बखान बढी भएको मा यो wave मा अक्सिजन पाउन पाए भाग्यमानी हुनुपर्ने अबस्था।।
७ यस्तो अबस्थामा हाम्रै समाज बाट यो रोग सुरु र आदानप्रदान हुनेहूँदा पनि जनस्तरमा साबधानी जानेर पनि नअपनाउने पाइएकोछ।।
८ घर मा ५ चै जना covid positive भए एकजना लक्षण नभएको सदस्य अरु को देखभाल को लागि आफ्नो report लुकाएर तरकारिबजार र औषधि लिन अस्पताल सम्म आएको पाइयो, positive हरु होम आइसोलेसन र अस्पताल मात्र नभै समुदाय मै घुम्नाले रोग नियन्त्रण बाहिर जाने जोखिम बढ्यो।।
९ घर मा 4 जना positive आएपछी पाचौं ले हल्का symptom भएपनी test नगरी अरु सदस्यको हेर्चाहको लागि भौतारिदै समुदाय मा निस्किएको पाइयो।।
१० अस्पताल भर्ना भएका बिरामिको आफ्न्त आफू पनि positive छ तर लुकाएर अस्पताल मा घुमिरहेको देखियेको छ।।यो बाताबरण ले समुदाय मा covid झन्झन mutant बनेर रहने सम्भाबना छ।
१० कृपया , यो बेला आफ्नो लागि मात्र होइन सिङ्गो समुदायको लागि सोचौ, सतर्कता र साबधानी जानेर होइन अपनाएर देखाउँ,
११ covid transmission chain break मा भुमिका खेलौ।।
नोट: यहाँ डा भोजराज अधिकारीको फेसबुक बाट हुबहु सारिएको छ।

