चितवन कार्तिक २२ : डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको १० उत्कृष्ट मध्येका बिजनेस लिडरका रुपमा सम्मानित भएका छन्। सीईओ इनसाइट्स एसियाले उत्कृष्ट व्यवसायीलाई सम्मानित गरेको हो।
डिस होम डीटीएचले आचार्यको नेतृत्वमा १० लाखभन्दा भन्दा बढी ग्राहक सेवा दिइरहेको छ। उनी कामना सेवा विकास बैंकको अध्यक्ष पनि हुन् ।

