शारदानगर । संस्थागत विद्यालय समन्वय बोर्ड (स्कोब) चितवनको आयो जनामा भरतपुर २० स्थित चित्रवन रङ्गशाला सम्पन्न २ दिने फुटसल प्रतियोगितामा छात्र तर्फ ब्लुवर्ड इंगलिस बोडिङ्ग स्कुल र छात्रा तर्फ कमल देबी इंगलिस बोडिङ्ग स्कुल प्रथम भएकाछन।
यसै गरी छात्र तर्फ द्वितिय कालिका अवासीय माबि,तृतिय प्रगति शिक्षा सदन भएको छ भने न्यु चित्रवन इंगलिस बोडिङ्ग स्कुलले शान्त्वना पुरस्कार जित्न सफल भएको छ भने
छात्रा तर्फ प्रगति शिक्षा सदन द्वितीय,मदरल्याण्ड एकेडेमी तृतिय र प्रज्ञा एकेडमीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
प्याब्सन पश्चिम चितवनका अध्यक्ष नवराज भट्टको अध्यक्षतामा भएको प्रतियोगितामा पश्चिम चितवनकाछात्रा तर्फ १७ र छात्रा तर्फ ११ वटा निजी विद्यालयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य बेलबहादुर गुरूङले विजयी समूह र विद्यालयहरुलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।स्कोव चितवनका अध्यक्ष हर्कबहादुर चापागाईंको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जेनिथ इङ्लिस स्कुलका प्राचार्य बिष्णुहरि अधिकारी र नोवेल बोर्डिङका प्राचार्य पुष्पराज अधिकारी, समाजसेवी विष्णु ढकाल लगायतले समन्वय गरेका थिए।


