नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले उच्च अदालत पाटनले दिएका सर्तहरू विरुद्ध बिहिबार सर्वोच्चमा निवेदन दर्ता गरेका छन्। उनको निवेदनमा शुक्रबारलाई सुनुवाइ तोकिएको वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले उच्च अदालतको आदेश विरुद्ध मुद्दा दर्ता गरिएको र अदालतले भोलीका लागि बोलाएकाले सन्दीप युएई जान सक्ने विश्वास उनले ब्यक्त गरे। ‘हाइ कोर्टको आदेशविरुद्ध आज मुद्दा दर्ता गरेका छौं। शुक्रबार सुनुवाइका लागि बोलाइएको छ’, उनले भने।
सन्दीपलाई युएइ भ्रमणमा लग्ने टिममा छनोट समितिले क्यानलाई सिफारिस गरेको छैन्। तर छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले सन्दीपलाई सरकारले स्वीकृति दिएमा जुनसुकै समयमा पनि युएइ लगिने बताएका छन्।

