अम्मर खत्री / रुकुम पूर्व :
२०८० जेठ २२ गते, सोमवार
रुकुम पुर्ब मा एक दिने शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएको छ अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाको आयोजनामा संचालन भएको घुम्ती शिविरमा जिल्लाका बिभिन ठाउँका ७३ जना अपाङ्गता भएका बालबालिकाले सेवा लिएका छन् ।
१८ बर्ष सम्मका शारीरिक अपाङ्गगता भएका बालबालिकाको जन्म जात पौतला फर्केको , आगोले पोलेर एक आपसमा अंगहरु टाँसिएको , हड्डीहरु भाँचिएको,बाङ्गो भएको वा हड्डी नजोडिएको ,खृट्टा लृलो र कमजोर भएको , ढाङ बाङ्गो कुप्रो भएको,जोर्नीहरु र घुँडा को पाङरा खुस्किएको जोनीहरु दुख्ने र सुन्निने समस्या भएको, औला हरु आपसमा टाँसिएको वा बढी भएको अन्य हाडजोर्नी सम्बन्धि समस्या भएका र सहायक सामाग्री तथा कृतिम अङ्को आवस्यक भएकाहरुलाई सेवा तथा उपचार गरिएको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाका लेखनाथ आचार्यले जानकारी दिनुभयो ।
रुकुम पुर्बका ३ वटै पालिकाको समन्वय र स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा FAIR MED को सहकार्यमा शिविर सम्पन्न भएको हो ।
यस्तै उक्त शिविर बाट अपाङ्ग बाल अस्पताल बनेपामा ५ जनालाई उपचारका लागि पठाउने सिफारिस गरिएको बताएको छ । उक्त शिविरमा १८ बर्ष सम्मका बालबालिकालाई उपचार गरिएको थियो ।

