निराजन सिर्पाली / रुकुम पूर्व :
२०८० असार ११ गते, साेमवार
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले भवन निर्माणमा लापरबाही गरेको भन्दै एक्सनमा उत्रिएको छ ।
पुथा उत्तरगंगा गाउँपालिकाकाे वडा नम्बर १३ मा निर्माणाधीन अवस्थामा रहेको आधारभूत विद्यालय काे भवनमा उपभोक्ता समितिले मनाेमानि गरेको भन्दै गाउँपालिकाले भवन निर्माणको कामलाई राेक्का गरेको हाे ।
गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा का अनुसार अनुगमनका क्रममा भवन निर्माण गर्दा उपभोक्ता समितिले स्टामेट अनुसारको गिट्टी र सरीया नभएको , ढलानमा वाइरीङ पाइप नहालेकाे , र पानिले भिजेको सिमेन्ट प्रयोग गरेकाे पाइएकाले उक्त भवनको काम राेक्का गरिएको बताउनुभएको छ ।
आधारभूत विद्यालय पदमी भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २७ लाख ५० हजार रुपैया बजेट आएको हाे ।

