साउन ३, चितवन : चितवनका फर्मासिस्ट्सहरुद्वारा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसी अधिकृत मृत भेटिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
भरतपुर अस्पतालमा कार्यरत सम्पूर्ण फर्मासिस्ट्सहरुले आज अस्पताल परिसरमै एक धर्ना कार्यक्रम गर्दै उक्त घटनाको बिस्तृत र निष्पक्ष छानबिनको माग गरेका हुन्।
फार्मासिस्ट अमृत पोखरेल मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत भेटिकएका थिए।

प्रत्येक व्यक्तिलाई कुनै पनि प्रकारको उत्पीडन, भेदभाव वा अनुचित तनावबाट मुक्त सुरक्षित र सहयोगी कार्य वातावरणको हकदार रहने भन्दै
दुरुत्सानमा संग्लनलाई कारवाही गर, घटनाको निष्पक्ष छानबिन गर जस्ता कुराहरु लेखेर प्रदर्शन गरेका थिए।

स्वास्थ्यकर्मीहरूको कल्याण र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भन्दै यस अनुसन्धानले कार्यस्थलको अवस्था, व्यवस्थापन अभ्यासहरू र तिनको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने कुनै पनि सम्भावित कारकहरूको गहन समीक्षा समावेश गर्नुपर्ने उनीहरुको धारणा रहेको छ।



