नेपाल भलिबल संघले काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
गत वर्ष पुस १३ गते देखि १५ गते सम्म बंगलादेशको कक्स बजारमा सम्पन्न काभा बिचभलिबल प्रतियोगिताको महिला र पुरुष दुवै टोलीमा नेपालले रजत पदक जितेको थियो । महिला जोडीमा कोपिला उप्रेती र कमला पुन थिए । पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार रहेका थिए ।
मानबहादुर यसै साता राष्ट्रिय भलिबल टोलीको कप्तान नियुक्त भएका थिए । दुबै टोलीको प्रशिक्षकमा भरत शाह र व्यवस्थापकमा जुनु पुन थिए । शाह राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान र पुन नेपाल भलिबल संघकी केन्द्रिय सदस्य हुन् ।
नक्सालस्थित होटल क्राउन प्लाजामा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष शिव कोइरालाको मुख्य आतिथ्यतामा भएको कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई समान २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
गत वर्ष पुस १३ गते देखि १५ गते सम्म बंगलादेशको कक्स बजारमा सम्पन्न काभा बिचभलिबल प्रतियोगिताको महिला र पुरुष दुवै टोलीमा नेपालले रजत पदक जितेको थियो । महिला जोडीमा कोपिला उप्रेती र कमला पुन थिए । पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार रहेका थिए । मानबहादुर यसै साता राष्ट्रिय भलिबल टोलीको कप्तान नियुक्त भएका थिए । दुबै टोलीको प्रशिक्षकमा भरत शाह र व्यवस्थापकमा जुनु पुन थिए । नेपाल भलिबल संघकी केन्द्रिय सदस्य समेत रहेकी पुनले आफूले पाएको रकम अनाथ बालबालिकालाइ लगानी गर्ने जानकारी गराउनु भयो पुन बागलुङकी हुन ।
शाह राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान र पुन नेपाल भलिबल संघकी केन्द्रिय सदस्य हुन् । नक्सालस्थित होटल क्राउन प्लाजामा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष शिव कोइरालाको मुख्य आतिथ्यतामा भएको कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई समान २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

