रुकुम पूर्व, साउन ९ : सिस्ने गाउँ पालिका अध्यक्ष कृष्ण रेग्मीले अब स्थानीय सरकारकाे मुख्य लक्ष्य शिक्षा र स्वास्थ्यमा रहेको बताउनुभएको छ।
रेडियो पूर्वी रुकुम संग संवाद गर्दै अध्यक्ष रेग्मीले सिस्ने गाउँपालिकाले अबको नयाँ आर्थिक वर्ष २०८०/८१ मा शिक्षा र स्वास्थ्य लाई बिशेष केन्द्रमा राखी काम गर्ने बताउनुभएको हाे । उहाँले शिक्षाले समाजलाई गहिरो तरिकाले माथि कसरी उकास्न सकिन्छ भन्ने चेतना तथा ज्ञान दिने र प्रत्येक नागरिककाे स्वास्थ्य राम्रो भए जुनसुकै काम तथा समाजलाई याेगदान दिन सकिने बताउनुभएको छ ।
उहाले भन्नुभयो हरेक नागरिकको चेतना स्तरमा परिवर्तन आए समाज तथा साेसाइटी आफै विकसित हुदै जान्छ । सबैकाे स्वास्थ्य अवस्था राम्रो भए मात्रै समाज तथा देशको चिन्तन गर्न सकिन्छ र समाज रुपान्तरणमा टेवा पुग्न सक्छ एक्लैले गरेकाे काम थाेरै हदसम्म राम्रो भएपनि लक्ष्यमा पुग्न सकिन्न ।
त्यस्तै उहाले स्थानीय लेबल देखि राष्ट्रिय लेबल सम्म सरकारले गरेको राम्रा कामहरुलाई विभिन्न राजनीतिज्ञ, बुद्धिजीवी,तथा युवा वर्गहरुले सहिलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताउदै कतिपय व्यक्तित्व हरुले सिस्ने सरकारले गरेको राम्रा पक्षका कामहरूलाई पनि गलत बनाउन खाेजेकाे भन्दै आपत्ति जनाउनु भएको छ ।
उहाँले स्थानीय सरकार र नागरिक समाजको नङ र मासुको जस्तो सम्बन्ध नभए सुशासन, संमृद्वि,तथा आर्थिक रुपान्तरण गर्नमा मद्दत नहुने उल्लेख गर्नुभएको छ ।।

