कतारमा जारी फिफा विश्वकप फुटबलमा सोमबार तीन खेल हुँदैछन्। जसमा समूह ‘ए’ बाट एक खेल हुँदा समूह ‘बी’ बाट दुई खेल हुनेछन्।
सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ मा इंग्ल्यान्ड र इरानबीचको साँझ ६:४५ मा खेल सुरु हुँदा समूह ‘बी’ कै अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ।
अमेरिका र वेल्सबीचको खेल राति १२:४५ मा सुरु हुने छ। समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल राति ९:४५ मा सुरु हुनेछ।

