दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ अभियान’को र्यालीमा गणतन्त्र र संघीयताविरोधी चर्का नारा लागेको छ ।
बिहीवार बल्खुमा हुने सभाअघि निस्किएका र्यालीमा गणतन्त्र र व्यवस्थाविरोधी नारा लागेको हो ।
र्यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता लारा लगाएका छन् ।
उनीहरूले हिन्दू राष्ट्र कायम गर भन्नेजस्ता नारा पनि लगाएका छन् ।
काठमाडौंका विभिन्न स्थानबाट शुरू भएको र्याली बल्खु पुगेर सभामा परिणत हुनेछ ।

