काठमाडौं, मंसिर ११-लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले सम्मेलन गर्ने भएको छ। प्रदेश कार्यसमिति गठनपछि पहिलो पटक मंसिर १६ र १७ गते कांग्रेसले सम्मेलन गर्ने लागेको हो।
सम्मेलनका लागि केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायतलाई बोलाइएको लुम्बिनी कांग्रेसले जनाएको छ।

