पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको भूमिका
रामशरण गैरे
पर्यटनमा स्थानीय सरकारको मुख्य भूमिका हुने भएपनि नेपालको संविधानले यो सरकारलाई पर्यटन सम्बन्धि अधिकार प्रदान गरेको छैन ।स्थानीय सरकारलाई पर्यटनका धेरै अधिकार नदिएपनि २०७४ सालमा पहिलो स्थानीय सरकार बने देखि नै धेरै पालिकाहरुले पर्यटनलाई आफ्नो पालिकाको समृद्धिसंग जोडेको पाइन्छ । गत दशकहरूमा पर्यटन विकासको क्षेत्रमा सरकारी वा गैर–सरकारी स्तरमा उल्लेखनीय प्रगति भएको छ ।
त्यस अनुसार पर्यटनसम्बन्धी कैयौं नीति, योजना, ऐन, गुरुयोजना वा कानूनहरू बनेका छन् भने सरकारी वा गैर–सरकारी स्तरमा पर्यटनसम्बन्धी काम गर्नका लागि कैयौं संस्थाहरूको गठन र विकास भएको छ । पर्यटनको क्षेत्रमा भएका यी सबै कार्यहरू महत्वपूर्ण छन् । तर राष्ट्रिय अर्थतन्त्रमा पर्यटनले पु¥याउने योगदान र त्यसको सम्भावित भविष्य समेतमाथि ध्यान दिंदै त्यसका लागि सरकारले विनियोजन गर्नेगरेको बजेट एकदम अपर्याप्त वा कम हुने गर्दछ ।
पर्यटकीय क्षेत्रलाई व्यवस्थित,सुरक्षित तथा वातावरणमैत्री बनाउन स्थानीय सरकारको अहंम् भूमिका रहन्छ । पर्यटनले स्थानीय मौलिक कला, संस्कृति तथा परम्परालाई जोगाइराख्न स्थानीय सरकारको विशेष दायित्व रहन्छ । पर्यटनसँगै स्थानीय बासिन्दाको हकहितको संरक्षणमा पनि ध्यान दिनुपर्छ । पर्यटन क्षेत्रलाई अर्थतन्त्रको आधार स्तम्भको रूपमा विकसित गर्दै पर्यटनको लाभ सर्वसाधारण सम्म पुर्याउने लक्ष्य स्थानीय तहले अंगीकार गर्नुपर्छ ।
यसका लागि व्यवस्थित, जनसहभागितामूलक र दिगो पर्यटन विकासको नयाँ सोच आवश्यक छ।नयाँ पर्यटन गन्तव्यको पहिचान र प्रबद्र्धनमा ध्यान दिँदै पर्यट कीय सम्भावना बोकेका क्षेत्रहरूमा पूर्वाधार विकास र प्रचारप्रसारका कामलाई अझ व्यवस्थित गर्न गर्दै पालिकालाई ‘पर्यटकीय हव’को रूपमा विकास गरेर आम्दानीमा थप वृद्धि गराउन सकिन्छ ।
संविधानको अनुसूची ८ मा स्थानीय तहलाई पर्यटन शुल्क उठाउने अधिकार मात्र प्रदान गरिएको छ । त्यसै गरी स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ उपदफा २ ले भने पर्यटन क्षेत्रको विकास, बिस्तार र प्रवद्र्धन सम्बन्धी आयोजनाहरु को पहिचान, कार्या न्वयन,व्यवस्थापन, अनुगमन तथा नियमनका साथै नवीन पर्यटकीय सेवा तथा कार्यहरु सम्बन्धी आयोजनाहरुको पहिचान, कार्यान्वयन, व्यवस्थापन,अनुगमन तथा नियमनको अधिकार स्थानीय सरकारलाई दिएको छ ।
यसै गरी सोही दफाको उपदफा ४ ले संविधानको अनूसुची ९ को अधिनमा रहेर स्थानीय प्राणी उद्यानको निर्माण र संचालन, स्थानीय वन्यजन्तुपर्यटनको अधिकार प्रदान गरेको छ । वन ऐन २०७६ को दफा ३४ ले सामुदायिक वन समूहले स्थानीय तहसँग मिलेर पर्यापर्यटन संचालन गर्न पाउने व्यवस्था गरेको छ । यसै गरी पर्यटन नीति २०६५ ले पनि पर्यटन विकास, प्रवद्र्धन र पर्यटनलाई जीविको पार्जनसंग जोड्नेकाममा स्थानीय तहको भूमिकालाई पर्यटन विकासको मुख्य रणनीतिमा समावेश गरेको छ ।
विगतमा अधिकांश स्थानीय तहले पर्यटन विकासका नाममा मन्दिर निर्माण, जीर्णोद्धार तथा भ्यूटावरमा प्राथमिकताका साथ लगानी गरे।तर त्यस्ता आयोजना को पूँजी निर्माणको दर नगन्य रहृयो भने स्थानीय सरकारहरू यही कारणले आलोचित पनि बन्न पुगे । पर्यटन भन्ने बित्तिकै मन्दिर, पार्क र भ्यूटावर मात्र बुझ्ने प्रवृत्तिले यस्तो भएको हुनसक्छ ।आर्थिक विकासलाई फराकिलो बनाउन स्थानीय तहले तुलनात्मक रप्रतिस्पर्धात्मक लाभ बढी हुने, जनताको आर्थिक क्रियाकलाप वृद्धि हुने, स्थानीय तहको आकर्षण बढ्ने तथा जनतालाई गतिशील बनाउने खाल कायोजनाको छनोट गर्न सक्नुपर्छ । नेपालको सन्दर्भमा उच्च दरको पूँजी
निर्माण मा सघाउ पुर्याउन सक्ने क्षेत्र पर्यटन नै हो । तर पर्यटनलाई विकासको साध्य कसरी बनाउने भन्ने कुरामा धेरै अलमल भएको पाइन्छ ।
मुलुक सङ्घीयतामा गइसकेको सन्दर्भमा स्थानीय सरकारले ग्रामीण पर्यटनको महत्व बुझ्न सकेको देखिँदैन । कोरोना कहरले थला परेको नेपालको पर्यटन क्षेत्र सजिलैसँग अझै उठ्न सक्ने छैन । अझ परम्परागत किसिमको सहरी सम्पदा तथा संरक्षण क्षेत्रमा आधारित पर्यटनले गतिलिनको लागि अझै समय लाग्ने देखिन्छ । विषम अवस्थामा पनि पर्यटनलाई पहिलेकै लयमा फर्काउन सकिने भनेको जोगाउन सक्ने सम्भावना भएका सीमित क्षेत्रहरू छन्,तीमध्ये ग्रामीण पर्यटन सबैभन्दा भरपर्दो क्षेत्र देखिएको छ । तसर्थ, सरकार, निजी व्यवसायी र आम जनताले पनि ग्रामीण पर्यटनको भावना र सिद्धान्तबमोजिम आवश्यक
पूर्वाधार निर्माण, मौलि कताको संरक्षण र अतिथि देवो भवः को मर्मलाई कार्यान्वयन गर्न ध्यान दिनु पर्दछ । पर्यटकीय गन्तव्यको विविधीकरण गर्नसकिएमा मात्रै विदेशी पर्यटकलाई लामो समय टिकाउन सकिन्छ र मुलुकको आर्थिक विकासमा उच्च योगदान पुग्ने देखिन्छ ।
विश्वमा पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा बनिरहेको भएपनि नेपालले प्राप्त गरेको उपलब्धि नगन्यमात्र छ । पर्यटकीय सम्पदा भएर पनिहामीहरूले पर्यटकलाई आकर्षित गर्न सकेका छैनौँ । पर्यटकीय सम्पदा हुँदैमा पर्यटकहरू आउँदैनन् भन्ने कुरा अहिलेसम्मको अभ्यासलेदेखाइसकेको छ । पर्यटनबाट दिगो लाभ लिनको लागि विश्व पर्यटनबजारमा नेपालको पर्यटनलाई मौलिक स्वरूपमा पस्कन सक्नुपर्छ । राज्यलेपर्यटकीय पूर्वाधारको विकास गरिदिने र नेपालीहरूले देशभित्र घुम्नुपर्छ भन्ने भावनाको विकास गर्ने हो भने नेपाललाई पर्यटकको कहिल्यै कमीहुँदैन र पर्यटनको प्रचार गर्न कसैको मुख ताक्नु पर्दैन । आन्तरिक पर्यटक,स्थानीय पर्यटन स्वाद र पर्यटनमैत्री संस्कारको अभिवृद्धि गर्न सकियो भने दिगो पर्यटकीय लाभ हासिल हुने कुरामा शंकै गर्नु पर्दैन ।
नेपालको पर्यटन क्षेत्रप्रति विश्वकै चासो रहने गरेको छ । किनभने यहाँका पर्यटकीय क्षेत्र सबै अग्र्यानिक हुन् । बाहिरी देशमा आर्टिफिसियल रूपमा पर्यटकीय गन्तव्य बनाएर पर्यटक तान्नुपर्ने अवस्था छ । तर, नेपालमा त्यो अवस्था छैन । यहाँ रहेका पर्यटकीय गन्तव्य सबै प्राकृतिक हुन् । मात्र यहाँ स्रोत साधानको खाँचो छ । जसमा पछिल्ला समय स्थानीय सरकारले पनि विशेष प्राथमिकताका साथ काम गरिरहेको छ । तर, यसमा सहयोग केन्द्रसरकारको पनि हुनु जरुरी छ ।नेपालका ग्रामीण क्षेत्रमा अहिले प्रमुखआम्दानीको स्रोत भनेकै पर्यटन हो । जुन कुरा पछिल्ला वर्षहरूबाट प्रमाणितसमेत भइसकेका छन् । त्यसैले पनि अहिले गाउँगाउँमा होटल र होमस्टे खुल्ने क्रम बढ्दै गएको छ । यस्तोमा राज्यले थप हौसला प्रदान गर्नु जरुरी छ ।
दृश्यावलोकन, अनुभव र स्वादका लागि विद्यमान थातथलो छाडेर घुमफिर गर्दै नयाँ स्थानमा पुग्नु पर्यटन हो । एकपटक पुगिसकेको स्थानमा मानिस सकभर जान चाहँदैन ।त्यसका लागि उक्त गन्तव्यले केही न केही नयाँपन दिन सक्नुपर्छ । अथवा गन्तव्य नै नवीन हुनुपर्छ । नेपालमा हामीले पर्यटकलाई लामो समयदेखि केही सीमित पर्यटकीय गन्तव्यमा मात्र लगिरहेका छौँ ।त्यसकारण मुख्य पर्यटकीय मौसममा सगरमाथा, पोखरा, चितवनजस्ता क्षेत्रमा अधिक पर्यटक पुग्छन् । त्यस बाहेक पर्यटकीय
गन्तव्यको विविधीकरणमा हामीले त्यति पहल गर्न सकेका छैनौँ । तर,नेपालको ग्रामीण क्षेत्र पर्यटन विकासको अपार सम्भावना बोकेर बसेकोछ ।
वास्तवमा पर्यटन क्षेत्रको विकास त्यतिबेला हुन थाल्छ जब धेरै खर्च गर्न सक्ने, लामो समयसम्म गन्तव्य स्थलमा रमाउने तथा धेरै पटक भ्रमण गर्नरुचाउने पर्यटकलाई आकर्षण गर्न सकिन्छ। स्थानीय सरकारले त्यसप्रकारको पर्यटकीय आकर्षण कसरी अभिवृद्धि गर्न सहकार्य र समन्वयमा ध्यान दिनुपर्छ। अन्तर पालिका सहकार्यका माध्यमबाट स्थानीय तहहरूले पर्यटन विकासलाई आर्थिक समृद्धिको साध्य बनाउन सक्छन् ।प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने मन्दिरको संरक्षण र प्रवर्द्धनमा खर्च गर्नुको साटो पालिका हरूबीच सहकार्य गरी धार्मिकपर्यटकीय क्षेत्र निर्माणलाई अभियानका रूपमा अघि बढाउन सक्छन् ।
अहिले नै पर्यटन चलेका पालिकाहरुले समेत पर्यटकलाई टिकाउने र स्थानीय उत्पादन बिकाउने खालका कार्यक्रम ल्याउन सकेका छैनन् । धेरैपालिकाहरुले पर्यटनका कार्यक्रमका लागि प्रदेश र संघीय सरकारकै मुखताकेका छन् । पालिका हरुले अन्तरपालिका पर्यटन सहकार्य गर्ने कुरालाईआफ्नो कार्यक्रम र नीतिमा समेट्न नसक्दा समान भूगोलमा रहेका समान
महत्वका र समान विशेषताका पर्यटकीय गन्तव्यहरुको विकास रप्रवद्र्धनको छुट्टाछुट्टै दौड चलि रहेको छ ।
धेरै पालिकाले पर्यटनका प्रशस्तै कार्यक्रमहरु अघि सारे पनि तिकार्यक्रमहरु महत्वाकांक्षी छन् र पर्यटक ल्याउन सक्ने खालका छैनन्।यस्तानीति तथा कार्यक्रमले पालिकालाई नै गिज्याइरहेका छन् । पालिकाहरुकापर्यटन सम्बन्धि वर्तमान नीति, कार्यक्रमले स्थानीय पर्यटन विकास हुने रपर्यटनबाट लाभ लिने कुरा सपना मात्र हुने देखिन्छ। सबै भन्दा पहिलेआफ्नो पालिकामा भएका पर्यटकीय गन्तव्यको छनौट, पर्यटकीय सम्भावनाहरुको अध्ययन, पर्यटनमैत्री स्थानीय व्यवसायी तयारी, मागको आधारमा पूर्वाधारमा लगानी र अन्तरपालिका पर्यटन संजाल तथा सहकार्यका कुराहरु स्थानीय सरकारले नीति र कार्यक्रमहरुमा ल्याउन सकेभने मात्र पालिकाहरुले पर्यटनबाट लाभ लिन सक्ने छन ।
दिगो पर्यटनको मुख्य आधार भनेको पर्यटन बजारमा नेपालका पर्यटकीय क्षेत्रको ब्यापक प्रचारप्रसार हो । नेपालमा जति चिच्याएपनि नेपालको पर्यटकीय सम्पदाको बारेमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचार प्रसारको अवस्था दयनीय देखिन्छ । नेपाल घुमेर गएका पर्यटक र संचारमाध्यमहरूले बोलेको, लेखेको र देखाएकोबाट जानकारी पाएर पर्यटकहरू येनकेन आइरहेका छन् । नेपालमा बारम्बार हुने बन्द, द्वन्द्व, प्राकृतिक प्रकोपको कारणले अन्तर्राष्ट्रिय पर्यटन बजारमा भ्रमणको लागि नेपाल असुरक्षित छ भन्ने हल्ला चल्ने गर्छ र यसलाई चिर्न नेपालले सकिरहेको छैन । उचित प्रचारकोअभावले गर्दा नेपालका प्रमुख सम्पदाहरूसगरमाथा र लुम्बिनीको फाइदा पनि चीन र भारतले लिइरहेका छन् ।
देशको झन्डै २३ प्रतिशत क्षेत्र अहिले संरक्षित क्षेत्रको रूपमा रहेको छ । हरेक संरक्षित क्षेत्रमा कुनै न कुनै विशेष महत्वका वन्यजन्तु, वनस्पति वा भौगोलिक संरचना विद्यमान छ । त्यसैले नेपालका हरेक क्षेत्र पर्यापर्यटनको दृष्टिले निकै महत्त्वपूर्ण छन् । तर पनि पर्यटनको सम्भावना बोकेका धेरै क्षेत्रहरूको प्रबद्र्धन र प्रचारप्रसार भने हुनसकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्ज बाहेक अन्य क्षेत्रमा पर्यटकलाई उतिसारो
पुर्याउन सकिएको छैन ।
अहिले विश्वमा चिनियाँ र भारतीय पर्यटकको संख्यामा तीव्र वृद्धि भैरहेको भएपनि छिमेकी देश भएर पनि त्यहाँका पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिएको छैन । गौतम बुद्ध, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथलाई मात्र यी छिमेकी देशहरूमा राम्रो प्रचार गर्न सकियो र ती देशका एक प्रतिशत पर्यटकलाईमात्र नेपालमा ल्याउन सकियो भने नेपालको पर्यटन क्षेत्रले मुहार फेर्न सक्ने देखिन्छ ।नेपालका सबै ठाउँमा पर्यटकलाई पुर्याउनको लागि सबै भौगोलिक क्षेत्रमा पर्यटकको लागि सुबिधा पु¥याउने उद्यमको विस्तार गर्नुपर्छ । होटेल, ट्राभल एजेन्सीजस्ता सस्थालाई पर्यटन सम्भाव्य सबै भौगोलिक क्षेत्रमा पुर्याउनको लागि आवश्यक छुट रसहुलियत प्रदान गर्ने नीति र कार्यक्रमहरू स्थानीय र प्रदेश सरकारले ल्याउनु जरुरी छ ।
नेपालमा धेरै किसिमका पर्यटकीय सम्पदाहरू रहेका छन् । तर ती सम्पदासम्म पुग्न, अवलोकन गर्न र रमाउनकोलागि घुम्न चाहनेहरूले ठूलै कष्ट बेहोर्नुपर्ने बाध्यता छ । बाटोघाटोको असुबिधा, संचारको असुविधा,बास बस्ने ठाउँको अभाव, पर्यटकीय सुचनाको कमी, पर्यटनमैत्री संस्कारको कमीजस्ता कारणले गर्दा पर्यटन विकासमा तगारोको कामगरिरहेकोछ ।सबै सम्भाव्य पर्यटकीयस्थलहरूमा भौतिक पूर्वाधारहरू पु¥याउने र स्थानीय बासिन्दालाई पर्यटन मैत्री संस्कार र सिप सिकाएर उनीहरूलाई नै पर्यटकहरूको सेवा सत्कार र व्यापारमा लाग्ने अवसरप्रदान गर्न सकियो भने सबै ठाउँमा पर्यटकहरू रमाएर घुम्ने,बस्ने र खर्च गर्ने वातावरण मिल्नेछ र त्यसले पर्यटकहरूको संख्या र बसाइँ वृद्धि गर्न मद्दत मिल्नेछ ।
विश्वका १० विश्व सम्पदा सूचीमा परेका सम्पदा नेपालमा हुनु, संसारको अग्लो हिमशिखर सगरमाथा, लगायतका ८ वटा ८००० मिटर भन्दा माथिका हिमाल हुनु, उत्कृष्ट पदयात्रामा पर्ने अन्नपूर्णका हिम श्रृंखलाका साथै तराइका फाँट र घना जंगल हुनु,भगवान गौतम बुद्धकोजन्मस्थल लुम्विनीका साथै पशुपतिनाथ, मुक्तिनाथ, दामोदर कुण्ड लगायतका धार्मिक स्थल हुनु, पवर्तारोहण, पदयात्रा, रयाफटिङ,जंगलसफारी, लगायतका साहसीक गतिविधिको लागि उपयुक्त वातावरण हुनु, प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीपलाइन लगायतका नरम साहसी गति विधिको अन्तर्राष्ट्रिय संगम स्थल हुनु, अनुपम
धरातलीय, जैविक, सांस्कृतिक विविधताको खानी हुनु, नेपालीहरुको जस्तैदुःखमा पनि हाँसी रहने अनुहार, अतिथिलाई सत्कार गर्ने बानी र संस्कार हुनु, अर्ब भन्दा बढी जनसंख्या भएका दुई छिमेकी राष्ट्र चीन र भारतको बीचमा अवस्थित हुनु आदिको कारणले नेपालमा पर्यटनको विकासकोप्रचुर सम्भाव्यता भएको कुरामा दुईमत छैन


