मेटल्यान्ड, सेप्टेम्बर २० – अष्ट्रेलियाको हंटर क्षेत्रमा मेटल्यान्ड नेपालीज फुटबल क्लब (MNFC) को आयोजनामा पहिलोपटक खुला फुटबल प्रतियोगिता “दशैं कप २०२५” भव्यतापूर्वक सम्पन्न भएको छ। न्यू साउथ वेल्सका विभिन्न शहर तथा क्षेत्रका नेपाली फुटबल क्लबहरूको सहभागिताले प्रतियोगिता समुदायमै ऐतिहासिक बन्न पुगेको आयोजकहरूले बताएका छन्।
प्रतिस्पर्धात्मक खेलबीच अन्ततः सेस्नक नेपालीज फुटबल क्लब विजेता बनेको छ भने हर्न्स्बी नर्थ फुटबल क्लब प्रथम उपविजेता बनेको छ। विजेता टोलीले ३५०० अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले १२०० अष्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा Maitland Nepalese Football Club, Everest United Football Club, Cameron Park Nepalese Football Club, Hornsby North Football Club, Deewhy Nepalese Football Club, Tamworth Nepalese Sports Club, Cessnock Nepalese Football Club र Central Coast Tigers ले सहभागिता जनाएका थिए।
क्लबका संस्थापक राकेश थापा र अध्यक्ष सुरज श्रेष्ठले २०२३ देखि क्लबलाई सहज र व्यवस्थित रूपमा सञ्चालन गर्न योगदान पुर्याउने सम्पूर्ण परिवार, समर्थक तथा शुभेच्छुकलाई हार्दिक धन्यवाद ज्ञापन गरे। उनीहरूले खेलकुदमार्फत नेपाली समुदायमा एकता, मित्रता र स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए।
कार्यक्रमलाई सफल बनाउन My Chook House, The Leverage Cafe, Gurkhas Taekwondo, Sai Motors Works, Shripech Group, Everest Realty Group, Cuppa Joe, RA Associates, Bidhan’s Photography, Mustang Mortgage, AG Mart, Click Consulting Group र BOB Events and Entertainment ले मुख्य प्रायोजन गरेका थिए। त्यस्तै Mad Mex (Fresh Mexican) ले सिल्भर स्पोन्सर र The Master Catering ले जर्सी स्पोन्सरको रूपमा सहयोग गरेका थिए।
मेटल्यान्ड नेपालीज फुटबल क्लबले सहभागी टिमहरू, दर्शक, प्रायोजक, सहयोगी संस्था तथा स्वयंसेवकलाई आभार प्रकट गर्दै अष्ट्रेलियामा नेपाली समुदायबीच खेलकुदको महत्वलाई अझ सुदृढ बनाउन आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने घोषणा गरेको छ।