फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि मोरक्कोले अग्रता लिएको छ। खेलको ४२ औं मिनेटमा मोरक्कोका यौसुफ एन नेसिरीले गोल गर्दै टोलीलाई अग्रता दिएका हुन्।
विश्वकप फुटबल अन्तर्गत जारी क्वाटरफाइनल खेलमा पोर्चुगल विरुद्ध मोरक्कोले अग्रता हासिल गरेको छ। ४२ औ मिनेटमा एन नेसीरिले एट्याट अल्लाको क्रसलाई सानदार हेड गर्दै गोल गरेका थिए।पहिलो हाफमानै अग्रता बनाउने क्रममा अन्तिम समयमा मोरक्कोले सानदार गोल गर्न सक्यो।
खेलमा बलमा पकड भने पोर्चुगलले राखेको थियो। एकमात्र टार्गैट सट गोलमा परिणत गर्न मोरक्को सफल भयो। त्यसलगतै पोर्चुगलले गरेको राम्रो प्रहार क्रसबारमा लाग्दा पोर्चुगलले बराबरीको राम्रो मौका चुकाएको थियो।
जारी खेलमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो मोरक्को विरुद्धको खेलमा पनि बेञ्चमा रहेका छन्। यो खेलमा जित निकाल्ने टिमले फ्रान्स र इंग्ल्यान्डबिचको विजेतासँग सेमिफाइनलमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ।
मोरक्को पोर्चुगलसँगको खेल जित्दै पहिलो पटक सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्ने दाउमा छ। पोर्चुगल भने सेमिफाइनलमा पुग्दै उपाधि होडको दुरी दुई खेलमा झार्न चाहन्छ। यससँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि छ।

