स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार आज चितवनमा कोरोना संक्रमण हुनेको संख्या १०७ पुगेको बताएको छ। यो संख्या घट्दो क्रममा पनि रहेको पाइन्छ जस्तोकि हिजो संक्रमितको संख्या १६३ थियो। संगसंगै मृत्यु हुनेको संख्यामा पनि कमि आएको छ। हिजो २ जनाको मृत्यु भएको थियो भने आज कोरोनाकै कारण भने कसैको पनि मृत्यु नभएको पाइएको छ।

हाल सम्म चितवनमा संक्रमित भएको संख्या १३४७१ रहेको छ भने ८३५४ जना भने निको भएर घर फर्किएका छन्। २१४ जनाको मृत्यु हुँदा बाँकी रहेका संक्रमितहरु भने होम-आइसोलेसन र विभिन्न अस्पतालमा आइसोलेसनमा रहेको बताइएको छ।

