चितवन, १७ असोज । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आज विहानैदेखि जिल्लाभर नै विद्युत् कटौती गर्न लागेको छ। भरतपुर बाइपास सडक खण्डका विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्यका लागि विद्युत् कटौती गर्न लागिएको हो ।
विद्युत् प्राधिकरण भरतपुर वितरणका केन्द्रका प्रमुख सुरेश कुमार महतोका अनुसार ३३ केभी पर्सा फिडर र ३३ केभी चनौली फिडर अन्तरगतका स्थानहरुमा विहान ७ बजेदेखि दिउँसो १ बजे, भरतपुर १, औद्योगिक १ र हस्पिटल फिडर अन्तरगत विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र नारायणगढ, गैंडाकोट, औद्योगिक २ फिडर अन्तरगतका क्षेत्रहरुमा विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

