अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २१ सवारी साधन चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। असार ४ गतेका दिन समयमा जिल्ला चितवन कालिका न.पा. वडा नं ८ र रत्ननगर न.पा. वडा नं १४ र १६ स्थित कयर खोलामा अबैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलिले जे.सि.बि. थान १(एक), टिपर थान २( दुई), ट्रयाक्टर थान १८ (अठार) गरी जम्मा २१ (एक्काईस) वटा सबारी साधनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



