न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलिया पहिलो पटक टी-ट्वान्टी विश्व च्याम्पियन भएको छ।
युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार राति सम्पन्न फाइनलमा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले मात्र २ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो।
यसपटक टी-२० विश्वकप विजेता र अन्य पुरस्कारमा आईसीसीले ५६ लाख डलर पुरस्कार राशि राखेको थियो।
अस्ट्रेलियाले पहिलो पटक टी-२० विश्वकप जितेको अस्ट्रेलियाले उपाधिसहित १७ लाख ६० हजार डलर पुरस्कार रकम हात पार्यो भने उपविजेता न्युजिल्यान्डले ९ लाख ६० हजार डलर हात पार्यो।
प्रतियोगिताको सेमिफाइनलबाट बाहिरीएको पाकिस्तानले ६ लाख डलर र इंग्ल्यान्डले ५ लाख ६० हजार डलर पाए।
यस्तै सुपर-१२ चरणबाट बाहिर भएका ८ वटा टोलीले समान ७०-७० हजार डलर पाए। यस बाहेक सुपर-१२ चरणमा एउटा जितको लागि हरेक टिमले समान ४०-४० हजार डलर पुरस्कार थप पाए।
यस्तै समूह चरणमा प्रत्येक खेलको जितको लागि टिमहरुले प्रति खेल ४०-४० हजार डलर र बाहिरिँदा ४०-४० हजार डलर पुरस्कार पाएका थिए।

