भरतपुरको बाइपास रोडमा बसले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। मृत्यु हुनेमा चितवन खैरेनी २ बस्ने बर्ष ५५ का रामहरि श्रेष्ठ रहेका छन ।
उनको उपचारका क्रममा साँझ ७ भरतपुर मेडिकल कलेजमा मृत्यु भएको थियो। सोहि मोटरसाइकलमा सवार सोहि स्थान बस्ने बर्ष ५४ का पुरन श्रेष्ठको उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।
साँझ साढे ६ बजेको समयमा आपटारिबाट मालोपतचोक तर्फ जादै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिसा तर्फ जादै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो।कलेज बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

