कुस्मा स्थित पर्वत अस्पताललाई लायन्स क्लब अन्तरास्ट्रिय र कुश्मा नगरपालिकाको संयुक्त सहयोगमा अस्पतालका लागि आवश्यक सामग्री वितरण भएको छ।
लायन्स क्लब अन्तराष्ट्रिय (LCIF) द्वारा एक लाख डलर र कुष्मा नगरपालीका लगायत विभिन्न व्यक्त्तित्व तथा संस्था द्वारा पर्वत अस्पताल, कुश्माको लागी प्राप्त जम्मा रु.१,९९,००,०००/- बाट अस्पतालको लागी अति आवश्यक पर्ने बिभिन्न उपकरण एवं फर्निचरहरु प्रमुख अतिथि PID लायन सञ्जय खेतान ज्यु बाट हस्तान्तरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। यो प्रोजेक्ट ल्याउन अत्यन्त महत्वपूर्ण भुमिका निर्बाह गर्नुहुने ग्रान्ट एम्बेसेडर MCC लायन मन बहादुर रोका ज्यु र प्रोजेक्ट चियरपर्सन लायन बसन्त कर्माचार्य ले समन्वय गर्नुभएको थियो।

