मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Ariesसुख शान्ति, वैभव प्राप्ति गराउला, घरजग्गा तथा व्यवसायमा वृद्धि गराउला, वैदेशिक अवसरहरु आउनेछ्न, कुनै रमाइलो भोजभतेर तथा वैवाहिक कार्यमा सहभागी हुन पाईएला, मन प्रशन्न रहला।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurusपठनपाठनमा रुचि होला,धनागमन हुनेछ, शत्रुहरु पराजित होलान् , आटेका काम पूरा होलान, स्त्री ,पुत्र आदिबाट साथ सहयोग प्राप्त होला तथा आजको दिन फलदायी भ्रमण पनि होला।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Geminiबिवाह वा पाटिमा सहभागी भइएला, आजको दिन मनोरञ्जन मै बित्ला, मानसिक तथा शारीरिक पक्ष सबल होला, स्त्री लाभ तथा प्रेम बढ्नेछ, मिष्टान्न भोजनको अवसर आउनेछ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancerविभिन्न प्रकारका कष्ट आउन सक्नेछ, बादबिवाद होला, गरेको कार्य आजपनी अधुरै रहला, कुनै मुद्दामामिला पर्नसक्छ,यात्रा गर्दा सावधानी अपनाउनु होला, आजको दिन घरमै बस्दा राम्रो होला।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leoआजको दिन सम्मानित हुन पाइएला उच्च पदस्थ व्यक्तिको साथ र सहयोग पाईनेछ, तिर्थयात्रा तथा पुण्यकर्म गराउला स्त्री पुत्र तथा धनमान प्राप्त होला, वैदेशिक रोजगारको ढोका खुला रहला।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgoचोर तथा सर्पको भय रहला, पित्त बिकारले गर्दा स्वास्थमा समस्या आउला, भाईबन्धु तथा मित्रबाट असहयोग होला, दण्ड तथा जरिवाना होला, सावधान रहनुहोला।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libraआजको दिन आन्तरिक तथा बाह्य भ्रमण हुनेछ, अनेक प्रकारका लाभ होलान, परिवारजनबाट सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला, नयाँ ब्यापार तथा व्यवसायको थालनी हुनसक्छ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpioआजको दिन तपाईंलाई धर्ममा रुचि,यश तथा किर्ती लाभ होला, पहिले देखि रोकिएको मुद्दा आज जितिनेछ, सुन्दर तथा प्रिय बस्तुको प्राप्तहोला, तर मध्यान्न पछि भने भय तथा संका उत्पन्न होला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittariusआजको दिन रोगबाट मुक्ति भईएला, राज्य, धन तथा पुत्र लाभ होला, नयाँ बस्तु प्राप्त हुनेछ, मिष्टान्न भोजनमा सहभागी हुन पाईएला , तथा पराक्रममा वृद्धि होला।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricornआजको दिन तपाईंको लागि कुबेरको भण्डार खुला हुनेछ, राजा तथा राज्यका अधिकारि हरु पनि तपाईंको बशमा होलान् , व्यापार ब्यवसायमा लाभ होला, कुनै छोटो तथा लामो दुरिको यात्रा गराउला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquariusकुनैपनि प्रकारको उच्चपद प्राप्त गराउला, धर्ममा रुचि गराउला, मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, राज्य,पुत्र तथा धनको वृद्धिले समय अनुकुल रहनेछ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Piscesमिथ्याआरोप लाग्नसक्छ, कुनैपनी शस्त्र तथा हतियारबाट चोटपटक लाग्नसक्छ, होशियार रहनुहोला, मौसमी रोगले सताउला, मनमा भय,चिन्ता होला, मध्याह्न पछी भने धन प्राप्ति गराउला।

